अभिनेता पलबाट पीडित भनिएकी गायिकाले बयान फेरिन्

तनहुँ । अभिनेता पल शाहबाट पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । नाबालिग गायिकाले आइतबार बयान फेरेपछि यो प्रकरणले नयाँ मोड लिएको हो ।

स्रोतका अनुसार पीडित भनिएकी नाबालिगले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालत समक्ष बयान दिएकी छन्।

यो प्रकरणमा अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ। नाबालिग बलात्कारको अभियोगमा अभिनेता पल जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा छन ।