पशुपतिनाथ मन्दिर माघ २८ गते देखि खुला
काठमाण्डौं/माघ पहिलो सातादेखि कोरोना भाइरसको तेस्रो लहरका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते (शुक्रबार) देखि खुला हुने भएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार विश्वस्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख छ ।





