आजदेखि मौसममा सुधार हुने

काठमाडौं/मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा पूर्ण सुधार हुने र दिन घमाइलो हुने जनाएको छ । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपात भएकोमा शनिबार दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको महाशाखाले जनाएको हो ।

अहिले देशभरको मौसममा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेको छ ।

आजदेखि दुई–तीन दिन मौसममा सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदहरुको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे घाम लाग्नेछ । अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भू–भागका केही स्थानमा हुसु र कुहिरो लागेको छ।

आज दिउँसो देशभर आंशिक बदली हुनेछ भने मौसम सामान्यतया सफा रहनेछ ।

आज राती प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले छ ।