Breaking News

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मोरङ/ १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ५३ वर्षीय रामदेव चौधरीलाई रहेका छन्
उनलाई बुधबार साँझ पक्राउ गरिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार चौधरीले बालिकालाई बुधबार साँझ साढे ५ बजेतिरको समयमा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

बालिकालाई ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको तथ्य खुलेपछि चौधरीलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रवक्ता श्रेष्ठले बताए।

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको छ। पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। पीडकको स्वास्थ्य परीक्षण पनि धरानमै गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ।

sahid diwas