अझै केहीदिन मौसम बदली रहने

काठमाण्डौं/नेपालमा अझै केहीदिन मौसममा बदली रहने जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएकाले मौसम सुधार हुन समय लाग्ने छ । महाशाखाले आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट आज, भोलि र पर्सि क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भइ बागमती तथा प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा÷हिमपात भइरहेको छ ।

आज देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भू–भागमा आंशिकदेखि सामान्यतया बदली भइ देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार चिसो बढ्ने क्रममा रहेकाले सुरक्षा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।