बलिदानी दिवसको अवसरमा मधेस प्रदेश आज सार्वजनिक बिदा

जनकपुरधाम/बलिदानी दिवसको अवसरमा मधेस प्रदेश आज सार्वजनिक बिदा दिईएको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।