नक्कली सई बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

दाङ/नक्कली सई बनेर ठगी गरेको आरोपमा दाङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही–१५ मालपोत कार्यालय नजिकैबाट घोराही निबासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक(एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।

आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगी ठगी गरेको जाहेरी परेपछि पक्राउ गरिएको एसपी काफ्लेले जानकारी दिए । पक्राउ परेका बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।