आज क्रिसमस ‘डे’

काठमाडौं/इशाई धर्मावलम्बीहरुले आज शनिवार विभिन्न कार्यक्रमहरु गरी क्रिसमस पर्व मनाईंदैछन् ।

जिजस क्राइस्ट (येशू क्रिस्ट) को जन्मदिन पनि हो । आजको दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउँछन ।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन धर्मावलम्बीहरुले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।क्रिसमसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।