वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

काठमाडौं/लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा मतदान नगर्ने भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुटन् नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएर मतदानमा नै सहभागी नहुने घोषणा गरे ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवालाई आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए ।