अमेरिकाले बेइजिङमा हुने हिउँदे ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने

काठमाण्डौं/चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई अमेरिकाले कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा बृद्धि भएको अ‌ारोप लगाउँदै अमेरिकाले हिउँदे अ‌ोलम्पिकलाई बहिस्कारको घोषणा गरेको हो । तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने सरकारले जनाएको छ ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि अ‌ारोप लगाउँदै अ‌ाएको छ ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए ।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुन लागेको बिबिसीले जनाएको छ ।