अवैधरुपमा नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको चिनी र मोबिल बरामद

बुटवल । अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको चिनी र मोबिल रुपन्देही प्रहरीले बरामद गरेको छ ।

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाका ३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैधरुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल देवदह नगरपालिका– ५ बाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार बरामद भएको सामान, पिकअप गाडी र गाडी धनीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।