यात्रा प्रतिबन्धले ओमिक्रोन फैलनबाट रोक्न नसकिने डब्लूएचओको भनाइ

काठमाण्डौं/विश्व स्वास्थ्य संगठन डब्लूएचओले यात्रा प्रतिबन्धले कोरोना भाइरसको ओमिक्रोन फैलनबाट रोक्न नसकिने निश्कर्ष निकालेको छ ।
दक्षिण अफ्रिका लगायतका देशमा फैलिएको यो प्रजाति आफ्नो देशमा नपुगोस् भन्नका लागि अहिलेसम्म ५६ देशले यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । तर डब्लूएचओले यात्रा प्रतिबन्धले यो प्रजाति फैलिनबाट रोक्न नसकिने निश्कर्ष निकालेको हो ।