आज देशभर ४ सय ४४ जना सङ्क्रमणमुक्त

काठमाण्डौं/देशभर आज थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
आज ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमित मध्ये ७ लाख ९९ हजार ९८९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७ दशमलब ७ प्रतिशत छ । हाल देशभर ७ हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै, कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको पनि भएको छ । हालसम्म कोरोनाका कारण कूल ११ हजार ४९५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यु दर १ दशमलब ४ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खोप अभियान सुरु भए यता अहिले सम्म १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाइसकिएको छ । यसमध्ये कम्तीमा एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख ७६ हजार ७०३ जना छन् ।