देशभर थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ/पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।हाल देशभर ७ हजार ५३९ जना संक्रिय संक्रमित छन् ।