श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमानसहित एकै परिवारका ६ जनाको दुर्घटनामा मृत्यु

विहार/भारतको बिहारका लखिसरायमा श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमानसहित एकै परिवारका ६ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने ६ जना बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका नातेदार रहेका छन् ।

प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा दुर्घटना भएको थियो। जसमा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको हो।