भिमबहादुर हत्या आराेपितरू पुर्पक्षका लागि जेल चलान

चितवन, २६ कात्तिक । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षका भीमबहादुर विकको हत्या घटनाका आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिईएकाे छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रवार थुनछेक आदेश दिंदै आरोपित दुवै जना थुनामा राख्नु भनेकाे हाे । आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । असोज २८ गते बिहीबार दुर्गा चोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । यही आरोपमा श्रेष्ठ र बस्नेत थुनामा गएका हुन् । भरतपुर–४ स्थित दुर्गा चोकमा रहेको मन्दिरमा दसैँका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गाली’गलौज र कुटपिट भएको मृतकको परिवारको आरोप छ । आरोपितहरूलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो । पोस्टमार्टम रिर्पोटमा उल्लेख भए अनुसार हेड इन्जुरी अर्थात् टाउकोमा लागेको चोटका कारण खुलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए । परिवारले अझै पनि शव बुझेको छैन । भीमबहादुर विकको मृत्यु सम्बन्धमा जाँचबुझका लागि मानवअधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक सङ्घसंस्थाको टोली चितवन आएको थियो ।
घटना घटे पछि भीम बहादुर विश्वकर्मा न्यायिक समिति गठन गरी विभिन्न राजनीतिक भातृसंगठन र सामाजिक सघसस्थाले घटनाका दोषीलाई कडा कार बाईँको माग र मृतक परिवारलाई न्याय र क्षतिपूर्तिको माग गर्दै कडा आन्दोलन गरेका थिए ।