भिम ब. न्यायिक संघर्ष समितिले बृहत माेटरसाईकल र्याली गर्दै
– सराेज उपरकाेटी

फाईल फाेटाे
कार्तिक ६, चितवन/ चितवनमा भाेलि ७ गते आईतबार बृहत् माेटरसाईकल र्याली हुने भएकाे छ । भिम ब.विश्वकर्मा संयुक्त न्यायिक संघर्ष समिति, चितवनकाे आयाेजनामा उक्त र्याली हुन लागेकाे हाे ।
पिडितले कुनै पुर्वाग्राही विनै न्याय पाउनु पर्ने र दाेषीलाई कडा कारवाही गर्नकाे लागि दबाब दिन र्याली आयाेजना गरेकाे समिति संयाेजक मीन बहादुर परियारले बताए । आईतबार बिहान ११ बजे केन्द्रिय बसपार्क भरतपुरबाट सुरू हुने मोटरसाइकल र्याली जिल्ला प्रसाशन कार्यालय, मालपाेत चाेक, जिल्ला प्रहरी कार्यालय, चाैबिसकाेठी, धर्मचाेक, विशालचाेक हुँदै दुर्गा चाेक(घटना भएकाे स्थल) पुगी काेण सभामा परिणत हुने संयाेजक परियारले जानकारी दिए । साे काेण सभा समापन गरि र्याली पुनः बाह्र घरे, पुलचाेक हुँदै बजार परिक्रमा गरेर लायन्सचाेकमा पुगि समाप्त हुने समितिले बताएकाे छ । साे र्यालीमा न्यायप्रेमी महानुभावहरुलाई सहभागी हुन समितिले सबैमा आग्रह गरेकाे छ ।समितिले सरकारले दोषीलाई कारबाही गर्ने सुनिश्चित नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने जनाएकाे छ ।
भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय विकको गत २८ असोजमा मन्दिरमा ‘दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ’ भनेर आवाज उठाउँदा भएको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट संलग्न स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

                            