मेरा पिकमा अलपत्र परेका पाँच जनाको उद्धार

काठमाण्डौं/सोलुखुम्बुको मेरा पिक आरोहणमा गएका चार जना पर्यटक र एक जना पथ प्रदर्शकको उद्धार गरिएको छ ।

नेपाल पर्वतारोहण सङ्घले सम्बन्धित ट्रेकिङ कम्पनीको समन्वयमा पाँच जनालाई उद्धार गरि काठमाण्डौ ल्याएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेको जानकारी दिएको छ । मेरा पिक आरोहणका लागि गएकाहरू बाक्लो हिमपातका कारण अलपत्र परेका थिए ।

हिमपातमा परेर एक जना भरियाको ज्यान गएको छ भने एक जना बेपत्ता छन् । यस्तै शेर्पा इभेन्ट अर्गनाइजेशनका सदस्यलाई उद्धार गरेर लुक्ला लगिएको पनि पर्वतारोहण सङ्घले जनाएको छ ।