सरकारले भारतबाट खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाण्डौं/सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप नेपाल आइपुगेको छ ।

सात महिनाअघि सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन ।

खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप हिजो नेपाल ल्याइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा खोप बोकेर आएको जहाज अवतरण गरेको थियो ।

खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ ।
भारत सरकारले खोप निर्यातमा रोक लगाएपछि सरकारले खरिद गरेको खोप नेपाल आउन सकेको थिएन ।