चितवन कांग्रेसको ७ वटै पालिकाको निर्वाचन सम्पन्न देउवा पक्ष हावी बन्दै।

चितवन/नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तर्गत स्थानीय तहको नेतृत्वमा चितवनमा संस्थापन(देउवा)पक्ष हावी बनेको छ। यस अघि जिल्लामा पौडेल(संस्थापन इतरसमूह)पक्ष बहुमतमा देखिएको भएपनी यसपटकको पालिकाको निर्वाचनको नतिजाले दुबै पक्ष बराबरी अवस्थामा रहेको देखिएको हो । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिमा संस्थापन इतर समूह बलियो रहेको भनिए पनि स्थानीय तहको नयाँ नेतृत्वहरु हेर्दा जिल्लामा दुबै पक्ष बराबरी हैसियतमा देखिएका हुन । जिल्लामा बिगतमा दुई तिहाई बढी रहेको भएपनी निर्वाचनको नतिजाले देउवा पक्ष हावी बन्दै गएको देखाएको छ।

जिल्लाका ७ स्थानीय तहमध्ये संस्थापनइतर समूह र देउवा समुह आधा आधा जस्तो नेतृत्वमा चयन भएका छन । जिल्लामा २ जना संस्थापन पक्षका नेताले पार्टीको पालिकास्तरको नेतृत्वमा पुगेका हुन् । त्यस्तै संस्थापनइतर समूहका ३ जना निर्वाचित भएका छन। निर्वाचित मध्य बरिष्ठ नेता रामचन्द्र पौडेल समूह भित्रको महामन्त्री शशांक कोइराला उपसमूह हाबी छ । भरतपुर र खैरहनीमा शशांक पक्षधर नेतृत्व छ। भरतपुर महानगरमा शशांक पक्षधर नेता चित्रसेन अधिकारीले नेतृत्व पाएका छन् । कालिकामा अर्जुननरसिंह केसी पक्षधर नेतृत्वमा छन् ।
रत्ननगर र राप्तीमा संस्थापन पक्षधर नेताले नेतृत्व पाएका छन् । उता, इच्छाकामानाका सभापति कृतिकुमार श्रेष्ठले आफू कुनै समूहमा नरहेको सामाजिक सन्जालमा लेखेको आधारमा देउवा पक्षतिर ढल्किएको हो कि भन्ने आशंका गर्न सकिन्छ।
चितवनको स्थानीय तहमा आएको यो परिणामले गर्दा जिल्लामा आगामी दिनमा देउवा पक्ष नेतृत्व तहमा हावी हुने संकेत देखिन्छ।