दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौ/भारतको दिल्लीस्थीत एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक गुन्डा नाइके र दुई आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली चल्दा मृत्यु हुनेमा गुन्डा नाइकेको जितेन्द्र मान गोगी भएको जनाइएको छ ।

आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका बीबीसीमा उल्लेख छ ।

दिल्ली प्रहरीले यस घटनाको पुष्टि गरेको छ ।

‘ग्याङस्टार (जितेन्द्र) लाई सुनुवाइका लागि अदालतमा ल्याउने क्रममा दुई आक्रमणकारीले उसमाथि गोली चलाए । प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारीको ज्यान गएको छ’, दिल्ली प्रहरी कमिस्नरले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।