गैडाको खाग तस्करीमा संलग्न गिरोहका एक जना पुर्पक्षको लागि जेल चलान
चितवन/गैडाको खाग तस्करीमा संलग्न गिरोहका फरार एक जना पक्राउ  गरि जेल चलान गर्न सफल भएको छ । गैडाको खाग तस्करीमा संलग्न गिरोह मध्येका मुगु स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने ५९ वर्षका नाङ्गे तामाङ लामालाई पक्राउ गरि पुर्पक्षको लागि कारागार चलान गरिएको चितवन राष्ट्रिय निुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको अनुरोधमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले गत भदौ २३ गते पक्राउ गरी निकुञ्ज कार्यालय बुभmाएको थियो ।
निज तामाङ माथि अनुसन्धान गरी जिल्ला अदालत नवलपुर पेश गरिएकोमा यहि असोज ५ गतेको आदेशानुसार पुर्पक्षको लागि जिल्ला कारागार कार्यालय भरतपुर चलान भएका छन् ।
तामाङ्लाई यसअघि समेत यस कार्यालयले २०७७ फागुन १८ गते चितवन जिल्ला अदालतमा संरक्षित वन्यजन्तु गैडा चोरीशिकार गरेको अभियोगमा मुद्धा दायर गरेको थियो । निजको गैडाको खाग तिब्बती व्यापारीलाई ओसारपसार गराउने कार्यमा प्रत्यक्ष संलग्नतासमेत पाईएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । यो समेत निकुञ्जले चालु आ।व।मा २०७७र७८ मा ७ जना पूर्पक्षको लागि थुनामा पठाईसकेको छ ।
तामाङ सहितको टोलीले निकुञ्जको अमल्टारी सेक्टर कार्यालय अन्तर्गत बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा संयुक्त गस्ती टोलीले हात्ती स्वीपिङ अपरेसनको क्रममा मिति २०७६ भदौँ ३१ गते दिउँसोको समयमा भाले बयस्क गैंडाको खाग धारिलो हतियार प्रयोग गरि काटेको अनुसन्धानबाट खुलेको थियो ।
खाग खरीदरविक्री तथा ओसारपसार गरेको मुद्दामा कार्यालयबाट नियमानुसार अनुसन्धान अधिकारी तोकि अनुसन्धान गदै जाँदा १५ जना प्रतिवादीहरुको विभिन्न सांगठानीक तहमा संलग्नता रहेको भनि खुल्न आएको निकुञ्जले जनाएको थियो । अनुसन्धानको सिलसिलामा खुल्न आएका मध्ये ५ जनालाई यसअघिनै पुर्पक्षमा थुनामा गएकोमा फरार १० मध्ये एकजना फेरि अहिले पक्राउ गर्न निकुञज सफल भएको हो ।

                            