चितवनमा कृषि विज्ञहरु र सफल व्यवसायीहरुकाे संयुक्त लगानीमा मेड ऐग्रो टेक संचालन

 

चितवन :     चितवनमा कृषि विज्ञहरु र सफल व्यवसायीहरुकाे दुई करोड लगानीमा मेड ऐग्रो टेक प्रा. ली संचालनमा आएको छ । गुणस्तरीय कृषि उपज उपलब्ध गराउने उद्देश्यले मेड एग्रो टेक प्रालि सञ्चालनमा हाे । भरतपुर महानगरपालिका–९ शरदपुरमा २६ जना शेयर सदस्यहरुले दुई करोड रुपैयाँको लगानीमा मेड एग्रो टेक प्रालि सञ्चालनमा आएको हो ।

मेड एग्रो टेकको एक भव्य समारोहका विच वाग्मती प्रदेशसभा सदस्य एवं शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले उद्धघाटन गरेका छन् ।

सो अवसरमा बोल्दै उनले नेपालमा फलफूलका बिरुवादेखि उच्च गुणस्तरीय बिउ विजन विदेशबाट ल्याउनुपर्ने अवस्थामा एग्रो टेक सञ्चालनमा आउँदा नेपाली मुद्रा विदेशीनबाट जोगिने बताए । उस्तै उनले स्वदेशमा उद्यमशीता यस्ता यस्ता उद्योगहरुले ठुलो सहयोग मिल्ने धारण राखे ।
कार्यक्रममा मेड एग्रो टेकका अध्यक्ष ऋषिराम न्यौपानेले कृषि सामग्री आयात निर्यात तथा कृषि तालिम सञ्चालन गर्ने मुख्य उद्देश्यले मेड एग्रो टेक सञ्चालन गरिएको बताए ।
बजारमा कृषकहरुले गुणस्तरीय वस्तु तथा सेवा नपाइरहेको अवस्थामा एग्रो टेकले जातीय शुद्धतासहितको गुणस्तरीय कलमी एवं टिस्यु कल्चरबाट तयार गरिएको फलफूलका बिरुवा, कृषि सामग्रीहरुको सरल र सुलभ मूल्यमा बिक्री वितरण गर्ने न्यौपानेले बताए ।

गुणस्तरीय फलफूल, तरकारी र सौन्दर्य जातिका बिरुवाहरुको नर्सरी स्थापना गरी उत्पादित बिरुवा खरिद बिक्री गर्ने, इनडोर प्लान्टको उत्पादन तथा बिक्री वितरण गर्ने, गार्डेनिङ, ल्याण्ड स्केपिङको लागि परामर्श सेवा तथा संरचना बनाउने, कृषि सामग्री तथा बिउबिजन बिरुवा र कृषि उपजहरुको आयात निर्यात गर्ने, प्राङ्गारिक मल, जैविक मलको उत्पादन तथा खरिद बिक्री गर्ने, कौशी तरकारी तथा पुष्प खेतीको प्रवद्र्धन गर्ने कम्पनीका उद्देश्य छ । व्यवसायी प्रयोजना, कृषिलाई प्रबद्र्धन तथा उच्चस्तरीय बिउविजन उत्पादन गर्नु नै कम्पनीको मुख्य लक्ष्य हो ।

कार्यक्रममा मेड एग्रो टेकका उपाध्यक्ष मिनराज भण्डारी, भरतपुर–१० का वडाअध्यक्ष एवं महानगरका प्रवक्ता अरुणपीडित भण्डारी,महानगरपालिकाका कृषि महाशाखाका तेजेन्द्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, कृषि ज्ञान केन्द्र चितवनकी कमला न्यौपाने, कृषि विज्ञ डा ठानेश्वर पोखरेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका इन्द्र ढुंगाना, संगम टोल विकास संस्थाकी अध्यक्ष शोभादेवी पाण्डे, चितवन उद्योग संघका उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेसहितको सहभागीता थियो ।

लामो समयदेखि कृषि क्षेत्रमा काम गरेका, अन्य क्षेत्रका व्यवसायी तथा विज्ञहरुको लगानीमा सञ्चालनमा आएको एग्रोटेकको उद्घाटन गरे ।
कार्यक्रममा दाहालले वर्तमान अवस्थामा । दाहालले नेपाली रैथाने जातका बिउ बिजन तथा अन्नबालीहरु लोप हुने अवस्था आएको भन्दै तिनीहरुको संरक्षण गर्दै वंश सुधारमा एग्रोटेकले ध्यान दिनुपर्ने बताए ।
कृषि क्षेत्रमा प्रदेश सरकारले अनुदान तथा सहुलियत दरको ऋण उपलब्ध गराइरहेको भन्दै दाहालले फूल खेती, फलफूलको बिरुवा, तरकारी खेतीमा अनुदान वितरण भइरहेको बताए । कृषिमा यान्त्रीकीकरण, व्यवसायीकरण अवाश्यक रहेकाले पछिल्लो समय रोजगारी सिर्जना गर्ने पेशा नै कृषि भएको दाहालको भनाइ छ । विगतमा कृषिलाई गरिबहरुको पेसाको रुपमा व्याख्या गर्ने गरिएको भए पनि अहिले कृषिलाई मर्यादित पेसाको रुपमा हेर्नेगरी दृष्टिकोणमा परिवर्तन आएको दाहालले बताए ।