देशभर थप १ हजार ६६ जनामा कोरोना पुष्टि

काठमाण्डौँ/देशभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधीमा ११ हजार ३८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७२ हजार ८०० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।