भोलि खुल्ला मञ्च काठमाडौँमा हुने एमसीसी विरुद्धको जनसभाको सम्पूर्ण तयारी पूरा।

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भोलि भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा विरोध प्रदर्शनसहित हुने बृहत जनसभाको सम्पूर्ण तयारी पूरा भएको छ। जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लगाएतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जानकारी दिए । २० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभाको लागि आजै मञ्च सजाउन लागिएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेको बताइएको छ ।

भोलि बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने आयोजकले जनाएको छ ।

एसीसीविरुद्ध देशभर साताव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपाले २८ गतेको जनसभालाई विशेष महत्वका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको कार्यक्रम बनाउने नेता माइला लामाले बताएका छन् ।

प्रचारप्रसार तथा प्रकाशन विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन‘ले यो कार्यक्रम नेकपाको मात्र नभएर राष्ट्रिय स्वाधिनताको आन्दोलन समेत भएकाले सम्पूर्ण देशभक्ति, राष्ट्रप्रेमि प्रगतिशील शक्तिहरु र देशको स्वाधिनता रक्षा गर्ने नागरिक र मिडियाकर्मीहरुलाई जनसभामा सहभागि हुन आह्वान गरेका छन् ।
देशमा यतिबेला सत्ता र सरकारमा रहेका केही शासकहरु एमसीसी पास गराउन विभिन्न चलखेल र षड्यन्त्र गरिरहेका छन् भने अर्कोतिर एमसीसी खारेजीको लागि देशभक्ति, राष्ट्रवादी शक्तिहरु, पार्टीहरु, नागरिकहरु सडकमा दिनहुँ आन्दोलित भएका छन् ।

नेकपाले लामो समयदेखि एमसीसी खारेजीका लागि, राष्ट्रिय मुक्तिका लागि र देश र जनताको स्वाधिनताका लागि सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ । एमसीसीकै विरुद्ध साताव्यापी नेकपाले देशव्यापी आन्दोलनको कार्यक्रम अन्तरगत विरोध प्रदर्शन, कोणसभा, एमसीसी सम्झौता पत्र समेत जलाइसकेको छ ।