चितवनमा आज २ कोरोना संक्रमितको मृत्यु

जेठ ३० , चितवन। चितवनमा आज २४ जना कोरोना संक्रमित थपिदा २ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालले दिएको जानकारी अनुसार २ सय ७९ हजाको परिक्षण गर्दा सो संख्यामा संक्रमण पुस्टि भएको हो। चितवनमा आज थपिएका संगै जम्मा संक्रमितको संख्या १४ हजार ९ सय ११ जना पुगेको छ। यसै गरि अहिले सम्म जिल्लाभर संक्रमणमुक्त हुनेको संख्या १३ हजार ७४ जना पुगेको छ भने आज सम्म चितवनका २४४ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन।