चितवनमा थप ४ संक्रमितको मृत्यु

 

जेठ ०८, चितवन।    पछिल्लो २४ घन्टामा चितवन मेडिकल कलेजमा थप १३० जना कोरोना भाइरस संक्रमित थपिएका छन्  । कलेजले दिएको जानकारी अनुसार २८१ जनाको परिक्षण गर्दा १३० जनामा संक्रमण पुस्टि भएको हो।  सोहि अबधिमा कलेजमा ३ पुरुष तथा एक महिला गरि थप ४ जनाले ज्यान गुमाएका छन्।  अहिले अस्पतामा २६ जना पुरुष र १२ जना महिला गरि जम्मा ३८ जनाले  भ्याण्टिलेटरमा उपचार गराइरहेका छन् भने ९ जना पुरुष र ७ जना महिला गरि थप १६ जना उपचार पछि निको भएर घर फर्किएको अस्पाताले जानकारी दिएको छ।