कोरोनाका थप ७ हजार बढि बिरामी थपिए, १४५  को मृत्यु

 

जेठ ०२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको जानकारी  दिनुभएको हो  ।

नेपालमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 यस्तै नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रबक्ता गौतमले नेपालमा कोरोना संक्रमण पछि निको हुनेको डर ७४ दशमलब ६ प्रतिशत  पुगेको जानकारी दिनुभयो ।   अहिले देशभर ७०१ जना क्वारेण्टिनमा रहेका छन् भने आज थप ६ हजार ६ सय ४८ जना संक्रमण मुक्त भएका छन्।