चितवनमा १५२ जनाको कोरोना परीक्षण गर्दा ७० जनामा पोजेटिभ

चितवन,बैशाख १७/चितवनमा १५२ जनाको कोरोना (कोभिड १९) परीक्षण गर्दा ७० जनामा पोजेटिभ देखिएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा हिजो गरिएका १५२ मध्य ७० जनाको कोरोना पुष्टि भएको हो ।

अन्य ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका ५१ जना,रत्ननगर नगरपालिकाका २ जना,राप्ती नगरपालिकाका २ र खैरहनी नगरपालिकाकाे १ जनामा संक्रमण देखिएकाे हाे ।