चितवनका संक्रमित मध्य धेरै जसाे महानगरमा

  • चितवन, वैशाख १५–चितवनमा पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेसंगै सबैभन्दा बढि महानगरबासीमा संक्रमण बढी देखिएकाे छ । विहानसम्म चितवनमा कुल संक्रमितको संख्या ५८५ रहेको छ ।जसमध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । बुधबार विहानसम्म भरतपुरमा मात्रै संक्रमितको संख्या ४९४ जना रहेका छन् । जसमध्ये ४५८ जना होम आइसोलेसनमा छन् भने ३६ जना अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा मात्र पछिल्लो एक वर्षमा संक्रमितको संख्या ५ हजार ५४२ पुगेको छ ।