सीसीएमसी निर्णयः सबै परीक्षा स्थगित, ५ सय संक्रमित भएको जिल्लामा निषेधाज्ञा

 

 

काठमाडौं। उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले अर्को सूचना नआएसम्मका लागि अहिले सञ्चालन भईरहेका सबै तहका परीक्षा भोलीबाटै स्थगित गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाका सम्बन्धमा पनि आजको बैठकले निर्णय गरेको छ । पहाडी जिल्लामा २ सय जना संक्रिय संक्रमित भएको अवस्थामा निषेधाज्ञा जारी हुनेछ । शहरी जिल्लामा भने ५ सय जना संक्रिय संक्रमित भए सम्बन्धित जिल्ला प्रशासनले निषेधाज्ञा लगाउन सक्ने निर्णय भएको उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।