कोरोना संक्रमणका कारण रत्ननगरमा एक महिलाको मृत्य

सुनिता लामा, रत्ननगर ।
वैशाख १० : रत्ननगरमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । रत्ननगर २ कि ३९ वर्षिया महिलाको वैशाख १० गते शुक्रवार बिहान करिव ४ बजेको समयमा मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । अस्पतालका अनुसार निमोनियाले ग्रस्त भएपछि उनलाई वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख ९ गते गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
चितवन मेडिकल कलेजमा वैशाख ९ गते गरिएको परिक्षणमा १४१ नमुना मध्य ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्य भरतपुरका ३१ जना र रत्ननगरका १ गरि ३२ जना चितवनका रहेका छन ।

यस्तै गरि,बैशाख ९ गते भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएका १०० नमुना मध्य २१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमीत मध्य १४ जना भरतपुरका,रत्ननगरका १ र राप्तिका १ गरि १६ जना चितवनका रहेका छन ।