हंस सहकारीको १७ औं साधारण सभा एंव ११ औं बार्षिकोत्सव सम्पन्न।

चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा ११ औं वार्षिकोत्सव आज शनिबार संपन्न भएको छ। एक हप्तासम्म चलेको ईकाईगत भेलाहरुको प्रतिनिधिमूलक साधारण सभाको समापन संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं भरतपुर महानगरपालिका सहकारी उप समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि काफ्लेले सहकारीहरुले सदस्यहरूको हक हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले हंस बहुउद्देश्यीय सहकारीले कृषि,सामाजिक एंव मानवीय कार्यमा उल्लखनिय भूमिका खेलेको बताउनुभयो। रक्तदान तथा उत्कृष्ठ सदस्यहरुको सम्मान समेत गरिएको सो कार्यक्रममा हंस सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । गत बर्षहरुमा एकै चरणमा हुने साधारण सभा यस बर्ष कोभिड १९ का कारण सहकारी नियामक निकायहरुको निर्देशन अनुसार इकाई वैठक मार्फत साधारण सभाका लागि प्रतिनिधि चयन गरी शनिबार प्रतिनिधि मुलक साधारण सभा भएको हो।
रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको साधारणसभामा २ जना महिला सहित १७ जनाले रक्तदान गरेका थिए। सहकारीले सो अवसरमा ४४ जना सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरेकोे थियो ।
उक्त कार्यक्रममा संचालक समितिका कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठ, सदस्यहरु शंकर सापकोटा, प्रा.डा.होमनाथ सापकोटा, लेखा समितिका संयोजक गोविन्द प्रसाद पौडेल लेखा समिति सदस्यहरु गोविन्द सुवेदी, कृष्णहरि तिमल्सिना, कर्जा समितिका सदस्य षडानन्द लामिछाने,सूर्य बराल बचत वृद्धि समितिका सदस्य प्रकाश चुके, विश्व बन्धु अधिकारी लगायत ७२ जना साधारण सभाका प्रतिनिधि, रक्तदाता, सम्मानीत हुने सदस्यहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको प्रधान कार्यालय प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम संस्थाकी सचिव शारदा शर्मा पौडेलले संचालन गर्नु भएको थियो ।