ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : पौडेल

‘काँग्रेसको कारण पनि राजावादी हौसिए’

 

 

 

 
 
facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button
 
 

 

 
 
 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया  सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् ।

 

यद्यपि, उनले यो टिकाउ नहुने बताउँदै यसमा काँग्रेस मौन बसेकाले पनि यस्तो भएको बताए  । ‘यसमा सत्ताको मात्रै होइन, प्रमुख प्रतिपक्ष काँग्रेसको पनि कमजोरी हो । सत्ताले जनतालाई चिढाउने, सताउने काम गरेकै थियो  तर त्यतिबेला काँग्रेसले देशको विकल्प दिन सक्नुपर्थ्यो । कम्युनिस्टले राम्रो गरेनन्, काँग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो ।’

 

उनले नेकपामा सर्वसत्तावादी प्रवृत्ति दाबी रहेको पनि आरोप लगाए । ‘अरु नेताहरु (माधव–प्रचण्ड) का काुरा लिबर नै देखिन्छ । अर्घेलो ओलीको देखिन्छ । सर्वसत्तावादी प्रवृतिबाट ओली हौसिएका छन् । यो प्रवृति मेटिनुपर्छ ।’

आजको कान्तिपुर दैनिकमा समाचार छ ।