स्थानीय सेवा कर्मचारी मञ्चको बाँके जिल्लामा तदर्थ कार्यसमिति गठन 

 बाँके जिल्लामा स्थानीय सेवा कर्मचारी मञ्चको तदर्थ कार्यसमिति गठन भएको छ । आज एक कार्यक्रम बिच बाँके जिल्लामा छरिएर रहेका स्थानीय सेवामा आवद्ध कर्मचारी मन्चलकाे सामुहिक भेलामा तदर्थ कार्यसमिति गठन गरेको प्रदेश न ५ का फाेकल पर्सन पवन बुढाकाे बताउनुभयो । नेपाल सरकार, आधिकारिक ट्रेड यूनियन र राष्ट्रिय स्तरका ट्रेड यूनियनले स्थानिय सेवाका करमचारिलाई अपनत्व ग्रहण नगरि निजामति कर्मचारिलाई काखा र स्थानिय सेवाका कर्मचारिलाई पाखा लगायपछि स्थानिय सेवाका कर्मचारिकाे हकहित संरक्षण गर्न बाँके जिल्लामा स्थानिय सेवा कर्मचारि मञ्चकाे बाँके जिल्लाकाे जिल्ला तदर्थ कार्यसमिति गठन गरिएकाे पनि उहाँले बताउनुभयो । फाेकल पर्सन बुढाकाे अध्यक्षतामा बसेकाे बैठकले निम्न कर्मचारीलाई तदर्थ कार्यसमितिमा छनाेट गरेकाे छ । ओमबहादुर राना क्षेत्री – अध्यक्ष शीला गौतम – उपाध्यक्ष भरत महतो – कोषाध्यक्ष चन्दनराज दास – सचिव केशव बुढा – सहसचिव सुरेन्द्र प्रसाद पन्त – सदस्य नवीन सुवेदी – सदस्य सुभाष पौडेल – सदस्य प्रकाश पन्थी – सदस्य निर्मल रेग्मी – सदस्य ललित कुमार यादव – सदस्य हेमन्त पौडेल – सदस्य राममणि बस्नेत – सदस्य सुरेश बोहोरा – सदस्य सुलोचना के.सी.- सदस्य विजयकुमार यादव – सदस्य कार्यसमितिको पहिलो ऐतिहासिक बैठकबाट निम्न निर्णय पारित गरियो छ । १. बाँके जिल्लामा स्थानीय तदर्थ कार्यसमिति अर्को शुक्रबारसम्म गठन गर्ने । २. आधिकारिक ट्रेड युनियनको निर्वाचनका सम्बन्धमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई मताधिकारबाट बञ्चित गरेकोमा सोमाथि घोर आपत्ति र निर्णयको भर्त्सना गर्ने र निर्णय खारेजीको माग गर्दै सच्याउन जोडदार माग गरेका छन् । ३. स्थानीय तह कर्मचारी हकहित मञ्चका नामबाट उठाइएका हाम्रा हकहितका मागहरूका बुँदाहरू अनुमोदन गर्दै प्राप्तिका लागि कटिबद्धताका साथ मन वचन र कर्मले लाग्ने