यात्रा ग्रुप भरतपुरद्वारा आमाको माया छात्रावासलाई खाद्यान्न सामग्री सहयोग

चितवन/कोरोना कहरकाबीच यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिवार भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको ग्रुपका ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए ।
उनका अनुसार छात्रावासलाई १५ हजार रूपैयाँ बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामग्रीहरु सहयोग गरिएको छ । ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।सो अवसरमा बोल्दै ग्रुपका संरक्षक तथा भरतपुर अस्पताल अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले कोरोना महामारीले निम्त्याएको संकटको समयमा गरिएको सहयोगका लागि आयोजकलाई धन्यवाद दिए । डा। अधिकारीले कोरोनाका कारण सम्पूर्ण गतिविधि ठप्प रहदा समस्यामा परेका यस्ता संस्थाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
ग्रुपका अध्यक्ष कृष्ण कार्कीले कोरोनाले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई सो सहयोग गरिएको बताए । छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्य अभाव नहोस् भन्ने उद्धेश्यका साथ सहयोग गरिएको उनले बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाए ।
क्लबका सल्लाहकार सुशील केसीले कोरोना र लकडाउनका कारण धेरै यस्ता संस्थाहरु समस्यामा परेको हुन सक्ने भन्दै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे । छात्रावासमा २० जना बालिकाहरु आश्रित छन् । सामाजिक क्षेत्रमा समेत निकै सक्रिय यात्रा ग्रुप भरतपुरका युवाहरुको एक समुह हो । यस ग्रुपले यसअघि नि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।