श्रृंगार सामाग्री विक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग

जीवन सुवेदी/पोखरा/ सोह श्राद्ध अर्थात पितृ पक्ष शुभारम्भको दिनपारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्ध बृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेका छन । सम्पूर्ण पितृहरुको सम्झना गर्दै पोखराको विरौटामा रहेको उक्तआमा समूहका दुईजना सदस्यले बुधबार पोखरा १७ स्थित पोखरा बृद्धाश्रममा नुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्क लगायतका सामाग्रीहरु वितरण गरेको समूहका अध्यक्ष नन्दकुमारी गुरुङले जानकारी दिईन् ।

कोरोना महामारीको विषम परिस्थितिमा बृद्ध बृद्धाहरुका लागि सहयोग पुगोस भन्ने उद्धेस्यका साथ समूहमा आवद्ध पवित्रा पोखरेल र अञ्जु क्षेत्रीले करिब २० हजार बराबरको सामाग्री प्रदान गरेका हुन् । बन्दाबन्दीकै समयमा उनीहरुले श्रृंगारका सामाग्रहीहरु, चुरा, पोते, तथा कुशन र गुडिया बनाएर विक्रिी गरेका थिए । र ती सामाग्रीहरु बेचेर आएको आम्दानीबाट बृद्धाश्रममा सहयोग गरेको समूहका सल्लाहकार देवि थापाले बताईन् । सदस्यहरुले आफूहरुको पहिलो कमाइ नै समाज सेवामा खर्च गर्ने ईच्छा देखाएको भन्दै उनले बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको आशिर्वाद पनि मिल्ने र राहत पनि पुग्ने भएकाले सहयोग गरिएको उनको भनाई थियो ।

सदस्यहरुका लागि गत वर्ष प्रदान गरिएको तालीम मासिकेको सीप प्रयोग गरी उनीहरुले श्रृङ्गारका सामाग्री बनाउन सफल भएका हुन् । लकडाउनमा सिकेको सीप पछिसम्म पनि काम लाग्ने भएकाले पितृहरुको आशिर्वाद लिन बृद्धाश्रममा सहयोग लिएर पुगेको समूहका सदस्यअन्जु क्षेत्रीले बताईन् । त्यस्तै कोरोना महामारीको बेलाआफूले आर्जन गरेको रकमबाट बुबाआमाको आर्शिवाद लिएर सहयोग गर्न पाउँदा खुसी लागेको समूहका सदस्य पवित्रा पोखरेलले बताईन् । जनजागरण आमा समूहका सदस्यहरुको यस प्रकारको सहयोगले सबैलाई उदहारण प्रस्तुत गरेको भन्दै दुबैजनालाई अध्यक्षनन्दकुमारी गुरुङले धन्यबाद व्यक्त गरिन् ।  कोभिड १९ को विषम परिस्थितिमाआमा समूहले गरेको पुण्य कार्यबाट निकै सहयोग पुग्ने बृद्धाश्रम सञ्चालक समितिका सदस्य श्रीनाथआचार्यले बताए ।

विषम परिस्थितिमा नेपाल सरकार, स्थानीय तह हरुबाट पनि खासै सहयोग हुन नसकेको उहाँको गुनासो थियो । बृद्धाश्रममाअहिले १ सय ४ वर्षीय बृद्ध सहित ५५ जना बृद्ध बृद्धाहरु आश्रित रहेका छन् । सो अवसरमा बृद्ध बृद्धाहरुले सहयोग प्रति आभार व्यक्त गर्दै विश्व मामहामारीको रुपमा देखा परेको कोरोना भाईरसको अन्त्य भई पहिलेकै जस्तो जीवन यापन सहज होस भन्ने कामना गरेका थिए ।