निरन्तर आगो ओकलिरहन्छु !

कविता/सूर्य बराल

सुन सुन ए जन हो,म फेरि पनि भन्छु यो कोरानाको भेल हो।
बिदेशी दुष्ट अनि माफियाहरुको जालझेलपूर्ण कपटी खेल हो ।। 

अलि अलि होईन अब चल्दैछ कोरानाको अति ब्यापार ।
त्यहि बाहानमा भईरहेछ, हेर राज्यको अर्बौं अर्ब भ्रष्ट्रचार।।

कामकाज ठप्प हुँदा जन जनलाई भने भईसक्यो हाहाकार।
शासन सत्तामा बस्नेहरुलाई हाईसञ्चो नैं रैंछ सधैं सदाबहार

कर माथि कर अनि कोरानाको नाममा बढ्यो चरम भ्रस्टचार।
कतिञ्जेल सही बस्नु जनताजनार्दनहरु हो भन न भई लाचार ?

मौलाउन थाल्यो दिनदिन हेर मेडिकल माफियाहरुको कालोब्यापार ।
लकडाउनमाथी लकडाउन कतिन्जेल सम्म हो ? गरौं अब खबरदार।।

कुलमानलाई फाली बिजुलीमा पनि ल्याउँदैछन् रे अब कालो प्रहर ।
भ्रस्टचार र बेथिति विरुद्ध उठौं जुटौं सबै जनता हामी भई एकाकार।।

कहाँ छ प्रतिपक्ष यो देशमा रु देखाईदेऊ न यो बेथितिमा हेरौं ए मेरो यार।
क. महामहिम ज्यू के यहि हो तपाँईहरुको समाजबाद उन्मुख सरकार ?

झुठका खेती गर्ने दिन गए तिम्रा ए बबुरा,अब के गर्छौ भन् कुरा।
विष बनिसके हिजोका तिम्रा ति गुलिया मिठा बकम्फुसे नारा।।

लुट्न कति सक्छौं मच्चाउ लुट अब सिधिँदै छ छिट्टै तिम्रो दिन।
जनताको आफनै सत्ता अब उदाउने नै छ खनेर तिम्रो चिहान।।

लाग्ला तिमीलाई यी मेरै दास रैति हुन, मेरो फर्मान हुकुम मान्नेछन्।
थिती यस्तै रहे हेर्दै जाउ तिम्रा ति दरबारहरु एक एक गरी जल्नेछन्।।

तिम्रा कर्तुतहरु एक एक गरी पर्दाफास गर्न लेखिरन्छु, बोलिरहन्छु।
पल पल मर्दै मृत्यु कुर्ने तिम्रो यो सत्ता बिरुद्ध सधैं आगो ओकल्छु।।

कानुन लगाउ पुलिस लगाऊ समाउन मलाई सहन्छु, फेरी जान परे बरु जेल मैं पनि जान्छु।
तर तिम्रो यो दलालतन्त्र विरुद्ध निरन्तर आगो ओकलिरहन्छु, निरन्तर आगो ओकलिरहन्छु!!!