कोरोना माहामारीमा अग्रपंक्तिमा काम गर्नेहरूको सम्मानमा सांझ ७ बजे तालि बजाउन युवाहरुको अपिल !

चितवन/कोरोना भाइरसको महामारीको समयमा अग्र भाग९फ्रन्ट लाइन०मा काम गर्नेहरुको सम्मानमा आज साँझ ताली बजाउन अपिल गरिएको छ। चितवनका स्वतन्त्र युवाहरुको समुहले उक्त आह्वान गरेको हो ।
विश्वभरि महामारीको रूपमा फैलिएको कोरानले सम्पूर्ण मानवजाति आक्रान्त भएको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाईकर्मीको सम्मानमा आज आइतबार साँझ ताली बजाउन चितवनका स्वतन्त्र युवाहरुले आह्वान गरेको हुन्।
आज साँझ ७ बजे घरको बार्दली वा आँगनबाट नै उनिहरुको सम्मानमा ताली बजाउन आह्वान गरिएको हो। बिषम परिस्थितिमा सबै जना घर भित्रै रहदा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाईकर्मीहरु कोरोना बिरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरिरहेकोले सम्मानका लागि ताली बजाउन आह्वान गरिएको युवाहरुले जनाएका छन् ।
तालीले अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई थप हौसला मिल्ने र मनोबल बढ्ने भएर यस्तो कार्यक्रम राखेको अभियानका युवाहरुले बताएका छन्। ।