आज मौसममा बदली भई देशभर सामान्य वर्षाको सम्भावना

काठमाडौँ/आज देशभर मौंसममा सामान्य बदली भई देशका केही स्थानमा अत्याधिक बर्षको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

बुधबार राति देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदहरुले अनुमान गरेका छन् ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल मनसुन न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेने मौषम पुर्बाअनुमान महाशाखाले जनाएको छ।