मादी करिडोर बन्ने।

वि वि श्रेष्ठ/व्यास–६/शिशाघाट/तनहुँ/प्रतिनिधीसभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले मादी करिडोर वन्ने वताउनुभएको छ । जिल्लामा वाढीका कारण गएको पहिरोको क्षतिका लागी स्थलगत अनुगमन गर्नका लागी जानुभएको सांसद सिग्देलले सो कुरा वताउनुभएको हो
। आर्थिक वर्ष ०७७।०७८ को अगामी वजेटवाट नै मादी करिडोरका लागी ५ करोड वजेट विनियोजन भईसकेको वताउनुभएको सिग्देलले अव मादी करिडोर आयोजनाले गति लिने वताउनुभएको हो ।
तनहुँ र कास्की जिल्लालाई जोड्ने वैकल्पिक मार्गको रुपमा मादी करिडोर महत्वपुर्ण रहने वहाँले वताउनुभयो । दीर्घकालिन योजनाका साथ सरकारले नै प्राथमिकताका साथ वजेट उपलव्ध गराएको हुदाँ यस मार्गले स्थानिय वासिन्दालाई
प्रत्यक्ष लाभ पुग्ने वहाँले वताउनुभयो । विकास निर्माण योजनामा यो सरकारले दीर्घकालिन रणनितीका साथ काम गरेको हुदाँ वजेटको सहि सदुपयोग गरेर अपनत्व लिनका लागी स्थानिय वासिन्दा सँग आग्रह समेत गर्नुभएको थियो ।
यहि असार २८ र २९ गते परेको अविरल वर्षाले पारेको मानवीय तथा भौतिक क्षतिको स्थिती स्थलगत रुपमा जनताको समस्या वुझनका लागी पुगेका थिए ।
सोही अवसरमा वहाँ जिल्लामा वाढी र पहिरोले ज्यान गुमाउनुभएको र घरवार विहिन हुन पुगेका वासिन्दाहरुको घरमा नै पुगी सान्त्वना र आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।