कोरना सङ्क्रमितले उपचार नपाउने जोखिम बढ्दै।

काठमाडौं/कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन ।
पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ । अहिले भएका कतिपय आईसीयू र भेन्टिलेटर पनि पर्याप्त जनशक्ति नभएर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदनकुमार उपाध्यायले आईसीयूका लागि तालिम प्राप्त जनशक्ति नभएको बताए ।
उनका अनुसार कोभिड–१९ का लागि नारायणी अस्पतालमा पाँच शय्याको आईसीयू र पाँचवटा भेन्टिलेटर छन् । अस्थायी कोभिड अस्पतालमा १० वटा आईसीयू शय्या र तीनवटा भेन्टिलेटर छन् ।
विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा चुमनलाल दासले पाँचवटा भेन्टिलेटर रहे पनि त्यसलाई सञ्चालन गर्न उपयुक्त जनशक्ति नरहेको बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।