सासंद सिग्देलद्धारा पहिरो पिडितलाई राहत रकम हस्तान्तरण

म्याग्दे, ६– वेलौते/प्रतिनिधीसभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलद्धारा गएको असार २९ र श्रावण ५ गते परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेहुनेको परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको छ । म्याग्दे गाँउपालिका वडा नं ६ वेलौतेमा लक्ष्मी विकको घरमा पहिरोले घर ढलेर मृत्यृ भएको मृतकको आमालाई संघिय सरकारवाट प्राप्त हुने २ लाख रुपैया सहयोग रकम मध्ये एक लाख रुपैया हस्तान्तरण गर्नुभएको हो ।
पहिरोमा परि ज्यान गुमाउनेहुनेको परिवारको घरमा नै पुगि सांसद सिग्देलले सो रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सांसद सिग्देलले प्राकृतिक विपक्तिमा परि ज्यान गुमाउनेको परिवारलाई सान्त्वना समेत दिनुभयो । प्राकृतिक विपक्तिले देशका धेरै ठाँउमा भौतिक तथा मानविय क्षति गरेको हुदाँ आम जनताहरु नै वर्षाको समयमा सचेत वन्नुपर्ने वहाँले वताउनुभयो । साथै वहाँले विपक्ति परिसकेपछि को पुर्नस्थापनाका लागी सवै सम्वन्धित निकायहरुलाई तत्काल सहयोग गर्न समेत आग्रह गर्नुभयो । आर्थिक सहयोग वितरण कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सडक डिभिजन कार्यलयका ईन्जिनिय सचिन श्रेष्ठ, सिंचाई डिभिजन तनहुँका प्रमुन दीपा गौतम लगायतको व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
यसैगरि सासंद सिग्देलले म्याग्दे–२, निर्मलवस्तीमा पहिरोको क्षतिका अवलोकन, नयाँवस्तीमा गएको पहिरो र त्यसले पारेको क्षतिको वारेमा समेत निरिक्षण गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा तनहुँको नेताहरु प्रदिप अधिकारी, रामचन्द्र उपाध्याय, हरिराज कडेल, श्रीप्रसाद श्रेष्ठ, मुक्ति तिमल्सेना, लगायतको उपस्थिती रहेको थियो ।