बुद्धबारे आफ्नै मन्त्रीको दाबी भारतद्वारा खण्डन : बुद्ध नेपालमा जन्मिएको तथ्य निर्विवादित छः नेपाल

भारत सरकारले गौतम बुद्धबारे आफ्नै विदेशमन्त्री एस जयशंकरले दिएको अभिव्यक्तिको खण्डन गरेको छ। भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै बुद्ध सधैं सम्झिरहने महान् भारतीय भएको बताएका थिए। बुद्धका सम्बन्धमा भारतीय विदेशमन्त्री जयशंकरले दिएको अभिव्यक्तिको नेपालमा चर्को विरोध र आलोचना भएपछि त्यहाँको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले त्यसको खण्डन गरेका हुन्।

प्रवक्ता श्रीवास्तवले आइतबार मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्दै बुद्ध लुम्बिनीमा जन्मिएको कुरामा कुनै आशंका नरहेको र लुम्बिनी नेपालमा पर्ने स्पष्ट पारेका छन्। विदेशमन्त्री जयशंकरले बुद्धलाई महान् भारतीय भनेपछि नेपालको परराष्ट्र मन्त्रालयले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयलले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य ऐतिहासिक र पुरातात्विक प्रमाणबाट पुष्टि भएकाले यो विषय निर्विवादित भएको जनाएको छ। बुद्धको जन्मस्थान र बौद्धवादको उद्गमस्थल लुम्बिनी युनेस्कोअन्तर्गतको विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रसमेत भएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका प्रवक्ताको आधिकारिक धारणामा सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले नेपालको संसद्मा सम्बोधन गर्दै बुद्ध नेपालमा जन्मिएको बताएको उल्लेख छ। ‘बुद्धिजम नेपालबाटै विभिन्न कालखण्डमा विश्वका अन्य भूभागसम्म फैलिएको कुरा सत्य हो। यो आशंका वा विवादभन्दा परको विषय हो र यो बहसको विषय नै होइन। यसबारेमा सम्पूर्ण विश्व समुदाय सजग छ,’ परराष्ट्र मन्त्रालयको आधिकारिक धारणामा उल्लेख छ।

भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपालले पनि आपत्ति जनाएका छन्। नेता नेपालले आइतबार सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै जयशंकरको अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक भएको बताएका छन्। ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदानरहँदै पनि बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्छन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु,’ नेपालले लेखेका छन्। उनले भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसद्मै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा भनिसकेको अवस्थामा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद रहेको बताएका छन्। उनले यसबारे नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गरेका छन्।

बुद्धका सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको नेपालमा चर्को विरोध भएपछि त्यहाँको विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ। मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्दै बुद्ध लुम्बिनीमा जन्मिएको कुरामा कुनै आशंका नरहेको र लुम्बिनी नेपालमा पर्ने स्पष्ट पारेका छन्।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि बुद्ध जन्मिएको भूभाग नेपालमा भएको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताएका छन्। शर्माले ट्विट गर्दै आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु९याउने कार्य किमार्थ स्वीकार्य नहुने र आवेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने बताएका छन्।

बुद्धबारे आफ्नै मन्त्रीको दाबी भारतद्वारा खण्डन

‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्, मूल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन्। बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहींबाट दर्ता प्रमाण हामीले मागेका छैनौं १’ शर्माले ट्विट गरेका छन्। भारतीय पक्षबाट विगतमा भएका गलत टीकाटिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा बोलेपछि खारेज भइसकेको र फेरि पनि आपत्तिजनक अभिव्यक्ति आउनु अत्यन्तै दुःखद रहेको शर्माले बताएका छन्।

पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिक मामिलाका जानकार मधुरमण आचार्यले करिब २२७० वर्षपहिले भारतीय शासक अशोकले लुम्बिनीमा बुद्ध जन्मिएको जनाउ दिन पिलर स्थापना गरेको भन्दै बुद्ध भारतीय हुन् भन्ने स्वदाबीभन्दा उक्त धरोहर धेरै लामो भएको बताएका छन्।

‘ज्ञान र उपदेश भारतमा प्राप्त गरेका आधारमा बुद्ध भारतीय हुन् भनेर दाबी गर्ने हो भने भारतले आफ्नो दाबी गर्ने अधिकांश ऋषिमुनि व्यास, बाल्मीकि र पतञ्जली नेपाली हुन्, किनकी उनीहरूले ध्यान गर्ने, ग्रन्थ लेख्ने र मोक्ष प्राप्त गर्ने काम नेपालमा गरेका हुन्,’ आचार्यले भने।

पूर्वमुख्य सचिव एवं चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्यालले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकाले उनी जन्मका आधारमा नेपाली रहेको र बुद्धिज्म मानवताको साझा सम्पत्ति भएको बताएका छन्। ‘पछिल्लो तीन हजार वर्षको अवधिका सबैभन्दा महान् विचारक एवं शिक्षक बुद्धबारे गरिएका एकल दाबीले उनको अवस्था परिवर्तन हुन सक्दैन्,’ पौड्यालले भनेका छन्।

जयशंकर तिनै व्यक्ति हुन्, जसले सन् २०१५ मा विदेश सचिवका रूपमा नेपाल आएर तत्काल संविधान जारी नगर्न दबाब दिएका थिए। संविधान जारी हुनुभन्दा एक दिनअघि नेपाल आएका उनले तत्काल संविधान जारी नगर्न नेपाली नेतालाई दबाब दिएका थिए। उनको दबाबलाई बेवास्ता गर्दै नेपालले संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको थियो। नेपाललाई त्यसबेला अनावश्यक दबाब दिएर विवादमा परेका जयशंकर अहिले फेरि आफ्नै प्रधानमन्त्री मोदीले नेपालमा आएर बुद्ध नेपाली हुन् भनेर स्वीकार गरेको तथ्यलाई बंग्याउँदै बुद्ध भारतीय हुन भनेपछि पुनः विवादमा तानिएका छन्।

‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्, मूल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन्। बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहींबाट दर्ता प्रमाण हामीले मागेका छैनौं १’ शर्माले ट्विट गरेका छन्। भारतीय पक्षबाट विगतमा भएका गलत टीकाटिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा बोलेपछि खारेज भइसकेको र फेरि पनि आपत्तिजनक अभिव्यक्ति आउनु अत्यन्तै दुःखद रहेको शर्माले बताएका छन्।

पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिक मामिलाका जानकार मधुरमण आचार्यले करिब २२७० वर्षपहिले भारतीय शासक अशोकले लुम्बिनीमा बुद्ध जन्मिएको जनाउ दिन पिलर स्थापना गरेको भन्दै बुद्ध भारतीय हुन् भन्ने स्वदाबीभन्दा उक्त धरोहर धेरै लामो भएको बताएका छन्।

‘ज्ञान र उपदेश भारतमा प्राप्त गरेका आधारमा बुद्ध भारतीय हुन् भनेर दाबी गर्ने हो भने भारतले आफ्नो दाबी गर्ने अधिकांश ऋषिमुनि व्यास, बाल्मीकि र पतञ्जली नेपाली हुन्, किनकी उनीहरूले ध्यान गर्ने, ग्रन्थ लेख्ने र मोक्ष प्राप्त गर्ने काम नेपालमा गरेका हुन्,’ आचार्यले भने।

पूर्वमुख्य सचिव एवं चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्यालले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकाले उनी जन्मका आधारमा नेपाली रहेको र बुद्धिज्म मानवताको साझा सम्पत्ति भएको बताएका छन्। ‘पछिल्लो तीन हजार वर्षको अवधिका सबैभन्दा महान् विचारक एवं शिक्षक बुद्धबारे गरिएका एकल दाबीले उनको अवस्था परिवर्तन हुन सक्दैन्,’ पौड्यालले भनेका छन्।

जयशंकर तिनै व्यक्ति हुन्, जसले सन् २०१५ मा विदेश सचिवका रूपमा नेपाल आएर तत्काल संविधान जारी नगर्न दबाब दिएका थिए। संविधान जारी हुनुभन्दा एक दिनअघि नेपाल आएका उनले तत्काल संविधान जारी नगर्न नेपाली नेतालाई दबाब दिएका थिए। उनको दबाबलाई बेवास्ता गर्दै नेपालले संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको थियो। नेपाललाई त्यसबेला अनावश्यक दबाब दिएर विवादमा परेका जयशंकर अहिले फेरि आफ्नै प्रधानमन्त्री मोदीले नेपालमा आएर बुद्ध नेपाली हुन् भनेर स्वीकार गरेको तथ्यलाई बंग्याउँदै बुद्ध भारतीय हुन भनेपछि पुनः विवादमा तानिएका छन्। नागरिक दैनिकबाट