पूर्वी चितवनमा क्लिन चितवन अभियानका संयोजक माथि सांघातिक हमला, हमलाकारीहरु फरार !

चितवन/चितवनका एक सामाजिक राजनीतिक व्यक्तित्व एंव “क्लीन चितवन, ग्रीन चितवन, बेटर चितवन ”का संयोजक सरोज ध्वज भण्डारीमाथि आज साँझ सांघातिक आक्रमण भएको छ ।
उनीमाथि आफनै घर नजिकको चोकमा बसिरहेको अवस्थामा एक्कासी बाईकमा आएका अपरिचित समूहले आक्रमण गरेको थियो। आईतबार साँझ ७: ४५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ३ शान्तिचोकमा खुकुरी र रड सहित आएका आदा दर्जन भन्दा बढीको अज्ञात समूहले ज्यान मार्ने उदेश्य सहित आक्रमण गरेका हो । भण्डारीले आफूमाथि आक्रमण शुरू भएलगत्तै प्रतिरोध गर्दै भागेर ज्यान बचाएका हुन् ।
उनको शरिरमा रडको चोट समेत लागेको छ । अहिले आक्रमण गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” अभियानलाई असफल बनाउने उदेश्यले भण्डारीमाथि आक्रमण भएको हुन सक्ने आंशका गरिएको छ ।
उनको काम र प्रभाव बढदै गरेको अवस्थामा आक्रमण हुनुले कतै उनको कामबाट बेखुस समुहले त यो काम गरेन भन्ने स्पष्ट बुझिन्छ। भंडारी अनेरास्ववियूका केन्द्रिय सदस्य तथा नेकपा चितवनका स्थापित युवा नेता पनि हुन