पर्यटन व्यवसाय खोल्ने सरकारको निर्णय, नेचर गाईड यसोसीयसन भने अझैै अन्यौलमा

चितवन/साउन १४/साउन १५ देखी पर्यटन व्यवसाय सञ्चालनमा आउने सरकारको निर्णय संगै नेचर गाईड यसोसीयसन नेपाल सौराह भने अन्यौलमा परेका छन ।
कोरोना महामारीको प्रत्यक्ष प्रभाव परेको पर्यटन क्षेत्रमा सकृय रुपमा आवद्ध गाईड (पथ प्रदर्शक) हरुमा पनि कोविड १९ को प्रभाव परेको छ ।
साउन १५ देखी पर्यापर्यटन सञ्चालनमा आउने तर आफुहरुको निकुञ्जबाट दिने अनुमति पत्र (लाईसेन्स ) को समयावधि सकीएको र हाल सम्म नविकरण नभएकोले अन्यौलतामा परेका हुन ।
चितवन रा. निकुञ्जमा वन्यजन्तु अवलोकनका लागी पर्यटक डुलाउने देखि वन र वन्यजन्तुको संरक्षणमा महत्वपुर्ण भुमीका निर्वाह गर्ने नेचरगाईडको निकुञ्जबाट दिने अनुमति पत्र (लाईसेन्स ) को नविकरण गराउन नसक्दा निकुञ्जका गाईडहरु चिन्तीत छन । नेचरगाईड जस्तो संवेदनशिल पेशालाईनै पुर्ण रुपमा अंगालेका र यहि पेशामा निर्वाहमुखी हुने अधिकांश गाईडहरु कोविड १९ का कारण समस्यामा परेका छन ।
चालु आर्थीक बर्षको लागी अथवा कोरोना महामारी नहटे सम्मका लागी गत बर्षकै लाईसेन्सको आधारबाट आफुहरु सकृय हुन पाउनु पर्ने यसोसीयसनले माग राख्दै आएको छ ।
यसै बिषयमा आज रत्ननगर ६ सौराह स्थित चितवन रा. निकुञ्जको प्रवेशद्धार परिसरमा यसोसीयसनले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चितवन भरका एक हजार बढि गाईडहरुको सहभागीता रहेको यसोसीयसनका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिनुभयो ।
पर्यटन व्यवसाय संग प्रत्यक्ष रुपमा सम्वन्धीत रहने गाईड यसोसीयसन लाई सम्बन्धित निकाय र सरकारबाट प्रत्यक्षवा अप्रत्यक्ष कुनै पनि किसीमको सहयोग नभएको संघका अध्यक्ष धामीले बताउनुभयो। ‘कोविड १९ का कारण समस्यामा परेका गाईडहरुहरुका लागी सम्बन्धित निकायबाट आज सम्म न कुनै योजना भए न कुनै राहत कार्यक्रम। ’ उहाँ भन्नुहुन्छ , ‘हामी निकुञ्जबाट निकुञ्जकै लागी बनेका छौं,हाम्रो समस्या पनि निकुञ्जले नै बुझीदिनु पर्छ । ’

यसअघि पनि संघले निकुञ्जलाई ध्यानाकर्षण पत्र पठाएको थियो । ध्यानाकर्षण गराएको महिना दिन बितीसक्दा पनि आफुहरुको माग सुनुवाई नभएको उहाँले बताउनुभयो ।
उता निकुञ्जले भने राजस्व संग सम्बन्धित गतिविधी आफ्नो तह बाट हुने सम्भावनानै नभएको बताएको छ ।
यसोसीयसनले नै माथील्लो तहमा पहल गरे पछि नेपाल सरकारले निर्णय गरे समस्या समाधान हुन सक्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताउनुभयो ।
‘उहाँहरुलाई मर्का परेको होला त्यो आफ्नो ठाँउमा छ,मेरो तर्फ बाट सम्भव छैन तर निबेदन आए फरवार्ड गराउन सक्छु। ’ निकुञ्ज प्रमुख भन्नुहुन्छ ।
हाल निकुञ्जमा ७०० बढि नेचरगाईड आबद्ध छन । गत बर्ष चैत ११ गतेबाट जारी भएको लक डाउन साउन ६ मंगलबार मध्यरातिबाट लक डाउन अन्त्य गर्ने निर्णय भएको छ भने साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने सरकारले निर्णय गरेको छ ।