सासंद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ र राष्ट्रिय सभा सदस्य न्यौपानेद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग

वि वि श्रेष्ठ/माझफाँट–९, तनहुँ/तनहुँ क्षेत्र नं २ का सासंद कृष्ण कुमार श्रेष्ठ‘किसान’ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेद्धारा जिल्लाका विभिन्न भागमा पहिरोले ज्यान गुमाएका पिडितका परिवारलाई सान्त्वनाका साथै व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका वडा नं ९ माझफाँट, गजौडे, भानु नगरपालिकामा भएको पहिरोमा परि ज्यान गुमाएका परिवारलाई सान्त्वना र मृतक प्रति श्रद्धान्जली अर्पण गर्दे परिवारजनमा आर्थिक सहयोग गरेका हुन् ।
गत असार २९ गते आएको भिषण वर्षापछिको पहिरोले व्यास–९ माझफाँट का थापा परिवारमा एक घरका ३ जना सदस्यको मृत्यृ भएको थियो । यसैगरि सोहि वडाका गजौडेमा भुजेल परिवारको पनि १ जना सदस्यले पहिरोमा परि ज्यान गुमाएको थियो । त्यस्तै भानु नगरपालिका वडा नं ९ को लक्ष्मी परिवारको लाई सासंद कृष्ण कुमार श्रेष्ठ किसानले प्रति परिवार २५ हजार का दरले आर्थिक सहयोग गर्नुभएको थियो । यसैगरि राष्ट्रिय सभा सदस्य माननिय भगवती न्यौपानेले र धौराली परिवारलाइ २० हजार आर्थिक सहयोग गर्नुभएको थियो । पहिरोको कारण भएको जनधनको क्षतिले जिल्लालाई नै आक्रान्त वनाएको सन्दर्भमा सुरक्षित रहनु आग्रह गर्दे थप सचेतनाका लागी ध्यान दिन राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले आग्रह गर्नुभयो । त्यसैगरि सासंद किसान श्रेष्ठले विपक्तिमा परेको परिवारलाई संयम रहन आग्रह गर्दे सरकार र आफुले सक्ने सहयोग गर्ने वताउनुभयो ।
पहिरोमा परि मृत्युवरण गर्नुहुने परिवारजनलाई सान्त्वना दिनका लागी गण्डकी प्रदेश प्रमुख डिआईजी घनश्याम अर्याल, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल, नेकपा केन्द्रिय सदस्य एक वहादुर राना, नेकपा जिल्ला कार्यलय सदस्य श्रीप्रसाद श्रेष्ठहरु सहभागाी रहेको थियो । सान्त्वना दिने क्रममा पहिरो पिडित परिवारलाई धैर्य धारण गर्न र सरकारको तर्फवाट गरिने आर्थिक सहयोगका लागी तत्काल पहल गर्ने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वताउनुभयो ।