पहिरोले होमस्टेमा क्षति

वि वि श्रेष्ठ/केशवटार–१४/गएको असार २९ गते परेको अविरल वर्षाको कारण व्यास नगरपालिका वडा नं १४ को केशवटार सामुदायिक होमस्टेमा क्षति पुगेको छ । अत्याधिक वर्षाको कारण होमस्टेको घेरावार पुर्ण रुपमा भत्किएको र होमस्टे भवनमा समेत असर परेको केशवटार सामुदायिक होमस्टेका अध्यक्ष दुर्गा वहादुर आलेले वताउनुभयो ।
केशवटार लाई पर्यटकिय दृष्टिकोण वाट चिनाउन र मौलिकताको प्रवर्धन गर्नका लागी होमस्टे निर्माण गरेर आन्तरिक तथा वाह्य पर्यटकलाई भित्राउदै आएको होम स्टेमा पहिरोले पारेको क्षति सँगै यसको महत्वमाथी नै प्रश्न चिन्ह खडा भएको अध्यक्ष आलेले वताए । विना निर्माण यसको प्रयोग गर्न नसकिने वताएका आलेले यसको मर्मतका लागी करिव ४ लाख लगानी लाग्ने वताए ।
प्रदेश सरकारवाट विगतको आर्थिक वर्ष मा दश लाख सहयोगमा निर्माण गरिएको होमस्टेले आन्तरिक तथा वाह्य पर्यटन प्रर्वधनमा महत्वपुर्ण भुमिका खेलेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । होमस्टेको पुर्ननिर्माणका लागी वडाले सक्दो सहयोग गर्ने वताउनुभएको वडाध्यक्ष श्रेष्ठले सवै सम्वन्धित पक्ष मिलेर होमस्टेको पुर्ननिर्माणमा सहयोग गर्नुपर्ने वताउनुभयो ।