भारतको शारदा बाँधको कारण सधैंभरि नेपालको दोधारा-चाँदनी डुबानमा।

महेन्द्रनगर/महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा र चाँदनी गाविस गाभिएर अहिले महाकाली नगरपालिका भएको छ। यहाँका बस्ती भारतको शारदा बाँधको डुबानमा पर्दै आएका छन्।
सन १९२८ मा चन्द्रशमशेर र ब्रिटिस इन्डियाबीच सम्झौता भएपछि महाकाली नदीमा शारदा बाँध निर्माण सुरु गरिएको थियो। त्यो बेला नेपालले ब्रिटिस इन्डियालाई सट्टाभर्ना पाउने सर्तमा नेपाली भूमिमा शारदा ब्यारेज निमार्ण भयो। तर, नेपालले अहिलेसम्म त्यसको सट्टाभर्ना पाएको छैन। सम्झौताअनुसार नेपालले शारदा बाँधबाट हिउँदमा ३ सय ५० क्युसेक र वर्षायाममा १ हजार क्युसेक पानी पाउने व्यवस्था छ। तर, भारतले सोअनुसार पानी नेपाललाई हालसम्म दिएको छैन।
यसबारेका जानकार तथा पूर्वजिविस सभापति ऋषिराज लुम्साली सो ब्यारेजबाट नेपालले सिँचाइ सुविधाभन्दा पनि बर्र्सेनि क्षति व्यर्होनु परेको बताउँछन्। ‘शारदा ब्यारेजबाट भारतले सिँचाइका लागि लगेको नहरले लुवाहिट भन्ने स्थानमा ३६ मेगावाट बिजुली उत्पादन गदर्छ’, उनी भन्छन्, ‘वर्षात्को बेला ७ हजार क्युसेक पानी भारतले लग्छ, बाँकी नेपालतर्फ छोड्छ।’
भारतले शारदा नहरमा बढी भएको पानी दोधारा चाँदनीतर्फ बग्ने जोगबुढा नदीमा मिलाउँदा कारण दुवै गाउँका बस्ती डुबान र कटानको चपेटामा पर्दै आएका छन्। भारतले सिमानामै रहेको बनबसा ब्यारेजदेखि उत्तरतर्फ ७० मेगावाटको टनकपुर जलविद्युत् आयोजना निर्माण गरेको छ।
त्यसका लागि बनबसाको ब्यारेज ९शारदा ब्यारेज० मुख्य बाँध हो। उसले, टनकपुर जलविद्युत् आयोजनामा बढी भएको पानी पनि भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकाको बीच भएर बग्ने नदीमा फाल्ने गरेको छ। जस कारण भीमदत्त नगरपालिकाको भुजेला, ओदाली, पिपरिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज डुबानमा पर्ने गर्छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।