घरधनी राजकुमार लामाले गरे तिन महिनाकाे घरको भाडा छुट दिने घाेषणा

चितवनका एकजना घरधनीले काेराेनाकाे असरका कारण भाडामा बस्ने ब्यबसायी मारमा परेको भन्दै तीन महिनाकाे घर भाडा नलिने घाेषणा गरेका छन् ।

चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर चौध, शिवनगरका घर धनी राजकुमार लामाले आफ्नाे घरका सटर,गाेदाम र काेठा भाडामा लिएर ब्यबसाय गर्दै आएका सबैलाई चैत,बैशाख र जेठ महिनाकाे भाडा नलिने निर्णय गरेका छन् । शिवनगरकाे ब्यस्त बजारमा रहेको उनकाे घरका १८ सटरमा नौ जना बढी ब्यबसायीले पसल चलाएका छन् । उनिहरुबाट एक महिनामा नब्बे हजार रुपैयाँ बढी भाडा पाप्त हुने गरेको राजकुमारले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका भाडावाललाई राजकुमारले भाडा छुट दिने घोषणा गरेका हुन्। राजकुमार लामले भने, कोरोनाको असरले व्यापार नै गर्न पाएका छैनन्, पसल पनि बन्द भएका छन्, यस्तो अवस्थामा कसरी भाडा लिनु ?’अप्ठेरो अवस्थामा घरधनीले भाडामा बस्नेको पिर मर्का बुझ्नुपर्छ भन्ने सन्देश सबैतिर जाओस् भनेर यो निर्णय गरेको बताए ।’युवा समाजसेवीकाे रुपले पनि उतिकै परिचित राजकुमार लामाले अति बिपन्न र ज्यालादारी गरि पेट पाल्ने ३८ घर परिवारलाई १ बाेरा चामल, १ पाेका नुन, २ पाेका खाने तेल र १ किलाे दाल वितरण गरेका हुन् ।

कोरोनाको संक्रमणका कारण बिश्व नै आतंकित भइरहेको अवस्थामा ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएकाले आफ्नो टाेलमा बस्ने बिपन्न र मजदुरी गरि चुलाेमा आगाे बाल्न पाउने परिवारलाई आफुले सक्दाे सहयाेग गरेको लामाले बताए। शिवनगर बजार ब्यवस्थापन समितिकाे पुर्ब अध्यक्ष समेत रहुनु भएका राजकुमार, लामा सपिङ्ग मलकाे प्रोपाईटर समेत हुनुहुन्छ ।